२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

एमालेले पार्टीबाट बिदा दियाे केशव स्थापितलाई, तीन विभागको सचिवमा नयाँ नियुक्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीबाट बिदा लिएका छन् । कुनै पनि कार्यकारी पदमा नरहने भन्दै उनले पार्टीबाट राजीनामा दिएका हुन् ।

एमाले एक नेताकाअनुसार उनको राजीनामा स्वीकृत गरिएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले उनीसहित अन्य दुई नेताको राजीनामा स्वीकृत गरेको ती नेताले जानकारी दिए । स्थापित बाग्मती प्रदेशका पूर्व मन्त्रीसमेत हुन् ।

बैठकले पार्टीका तीन संगठनको सचिवमा समेत नयाँ नियुक्ति दिएको छ । एमालेले संगठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनीत गरेको हो । त्यस्तै अर्थ तथा योजना विभागको सचिवको जिम्मेवारी क्रान्ति बुर्लाकोटीले पाएकी छन् । उनी युवा संघकी पूर्व उपाध्यक्षसमेत हुन् ।

यस्तै खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठ मनोनीत गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com