२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छः अध्यक्ष राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताएका छन् ।

बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरु एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताएका हुन् । उनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारिक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याए । राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताए । उनले भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको बताए । उनले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यता रहेको औंल्याए ।

राउतले भने,‘ म आफैँपनि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा पुगेर दुई देशको मैत्रीपूर्ण सम्बन्धको लागि अनसन बसेको मान्छे हुँ । त्यतीबेला हाम्रो कुनै पार्टी थिएन । म भर्खरै अमेरीकाबाट आएको थियो । र, मेरो विवाह चाहीँ भारतमै भएको हो । जुन सीमा क्षेत्रमा मैले समस्याहरु पाएँ । अलिकति आश्चार्यचकित भएँ । अमेरीका, बेलायत जाँदाखेरी यस्तो समस्या हुँदैन । हजारौं हजार वर्षदेखि दुई देशबीच रहेको सम्बन्धमा खुला सीमाना हुँदाखेरी हामी जाँदा समस्या हुने हो भनेर अलिकति आश्चार्यचकित भएँ । मैले त्यो कुरालाई ध्यानाकर्षण गराउन दिल्लीको जन्तरमन्तरमा दुई देशको सम्बन्धको लागि अनसन बसेको हुँ । मैले त्यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी ज्युलाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको थिएँ । दुई देशको मैत्रीपूर्ण सम्बन्ध केवल व्यापारीक रुपमा मात्रै रहेर पनि हुँदैन, केबल कर्मचारीको स्तरमा रहेर मात्रैपनि हुँदैन । जतिबेला दुई देशका जनताहरु एक अर्कासँग नजिक रहन सक्छन् । अनि मात्रै दुई देशको सम्बन्ध सुमधुुर हुन्छ । हामीले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार गर्न सक्दैनौं । प्राविधिक कुराहरु के के सुधार गर्न आवश्यक छ ? त्यो पनि हेर्नुपर्ने हुन्छ । सीमा क्षेत्रको समस्या सुधार गर्न आवश्यक छ ।’

राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रुपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com