२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

काठमाडौं महानगरको कार्यपालिका बैठकमा विवाद, बन्द भयो लाइभ

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा विवाद भएको छ । कार्यपालिका वैठकमा पेश भएका २१ प्रस्तावमध्ये अन्तिममा रहेको विविध शीर्षकमा छलफल हुँदा विवाद भएको हो ।

वडाध्यक्षहरुले विविध शिर्षकको छलफल सुरु भएपछि विभागीय समितिले मागेको योजना बजेटमा नपरेको, वडाले माग्दै नमागेको बजेट वडामा दिएको भन्दै प्रश्न उठाएका थिए । केही कार्यपालिका सदस्यहरुले महानगरकी उपप्रमुख सुनिता डंगोलको बजेट निर्माणमा भएको भूमिकाबारे प्रश्न गरेका थिए ।

उपप्रमुख डंगोलले बजेट आफू एक्लै बनाएको नभई बजेट तर्जुमा समितिले बनाएको जवाफ दिएकी थिइन् । उनले बैठकमा प्रश्न गरिन्, ‘वडाध्यक्षहरुले सबैले यो मेरो वडा, त्यो तेरो वडा भनेपछि प्रमुख र उपप्रमुखको चाहिँ कुन वडा ?’

विवाद पछि लाइभ बन्द

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकदेखि नै प्रत्यक्ष प्रशारण सुरु गरिएको थियो । मेयर बालेन शाहले चुनावी एजेण्डा नै कार्यपालिका बैठक लाइभ गर्नेलाई बनाएका थिए ।

जसअनुसार काठमाडौं महानगरपालिकाको आधिकारिक फेसबुक पेज, युट्युब च्यानलबाट लाइभ गर्दै आएको थियो । तर, विहीबार कार्यपालिका बैठकको अन्तिम समयमा विवाद भएपछि कार्यपालिका सदस्य बोल्दाबोल्दै लाइभ बन्द भएको छ ।

कार्यपालिका सदस्यहरु प्रशासन प्रमुखलाई जिम्मेवार नभएको भन्दाभन्दै लाइभ अड्किएर बन्द भएको हो । मेयर बालेनको सचिवालयले भने वैठक सकिएर लाइभ बन्द भएको बताएको छ ।

२१ औं कार्यपालिका बैठक महानगरपालिकाको बालाजु स्थित बाइसधारा उद्यानको सभाहलमा भएको थियो । कार्यपालिकाको वैठकले सबै बुँदामा सर्वसम्मत निर्णय गरेको छ । जस अनुसार शहरी योजना आयोगका उपाध्यक्षमा डा. सुमननरिसंह राजभण्डारी नियुक्त गर्ने, महानगरले गुठीको जग्गा भोगचलन गर्न पाउने सैद्धान्तिक सहमति,  भोटेबहाल प्लाजालाई जरिवाना गर्ने लगायत निर्णय सर्वसम्मत भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com