२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बढ्याे श्रमिकको न्यूनतम पारिश्रमिक, अब कसले कति पाउँछन् ?

काठमाडौँ- सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ ।

यही साउन १ गतेदेखि लागू हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको पारिश्रमिक आज राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो ।

वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा रु १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र रु छ हजार चार सय ८० महङ्गी भत्ता रहेको छ । यस्तै, प्रतिघण्टा रु ८९, दैनिक रु छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिकको प्रतिघण्टा रु ९५ पारिश्रमिक निर्धारण गरिएको छ ।

चिया बगानका श्रमिकका हकमा रु आठ हजार नौ सय ३४ आधारभूत र रु चार हजार नौ सय ५९ महङ्गी भत्ता गरेर मासिक रु १३ हजार आठ सय ९३ न्यूनतम पारिश्रमिक तोकिएको हो ।

चिया बगानका श्रमिकलाई आधारभूत र महङ्गी भत्ता जोडेर दैनिक रु पाँच सय पारिश्रमिक निर्धारण गरिएको छ । यस्तै, चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता रु ६३ निर्धारण गरिएको छ ।

उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चयकोष, उपदानलगायतका सुविधा अनिवार्य रूपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।

न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com