२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एमालेमा जिम्मेवारी हेरफेर (पूर्णपाठ)

नेकपा एमालेले शुक्रबार अन्तरपार्टी निर्देशन ‘अपानि’ जारी गर्दै केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको बताएको छ।

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरू बराललाई तोकेको छ।

त्यस्तै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको अपानिमार्फत् बताएको छ।

सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई तोकेको छ।

कर्णाली प्रदेश कमिटीको सचिव रहेका कमल शाहीलाई जिम्मेवारीबाट हटाएर खाली हुने ठाउँमा उपसचिव टेकराज पछाईलाई मनोनयन गरिएको अपानिमा उल्लेख छ।

दीपकप्रकाश भट्टले अर्थयोजना विभागको सचिवबाट र सोभियत ढकालले विपद व्यवस्थापन तथा स्वयंसेवा विभागको सचिवबाट बिदा भएर भूगोलमै काम गर्न चाहेकाले अहिलेको कार्यविभाजनबाट बिदा दिएको एमालेले बताएको छ।

मञ्चमा पुष्पलाल, मदन, मनमोहन र अध्यक्ष ओलीको मात्रै फोटो राख्नू

त्यस्तै एमालेले अपानिमार्फत जनसंगठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न भनेको छ। सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएकाले निरूत्साहित गर्न खोजिएको बताइएको छ।

कार्यक्रमको गरिमा र मर्यादा बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू; संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय गरेको उल्लेख छ।

कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन भनेको छ।

अपानिमार्फत् एमालेले कार्यक्रम सुरू भएपछि अन्त्य नहुँदासम्म आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने निर्णय गरेको बताएको छ।

कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन समेत एमालेले अपानिमार्फत निर्देशन दिएको छ।

त्यस्तै एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरूपयोग भइरहेकोतर्फ पनि सचेत गराएको छ।

यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरेको भन्दै पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक-एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको बताएको छ।

दुई केन्द्रीय सदस्य पदमुक्त, चार जनाले लिए बिदा

अपानिमार्फत नै एमालेले पार्टीका दुई केन्द्रीय सदस्य पदमुक्त भएको र चार जनाले बिदा लिएको बताएको छ।

काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापित र सिराहका प्रमोदनारायण यादवले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग हुन चाहेकाले पदमुक्त गरेको बताएको छ।

त्यस्तै, एमालेले अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको बताएको छ। उनीहरूले स्वास्थ्यका कारण पार्टीका सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ।

एमालेले लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने बताएको छ।

गत सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय गरेको थियो। उनी पनि दसौं महाधिवेशन पनि सक्रिय छैनन्। उनले पनि पार्टीमा फर्कने मुड नरहेको बताउँदै आएका छन्।

अपानिमा यसबारे केही खुलाइएको छैन। अर्को बैठकले निर्णय गर्ने मात्रै भनिएको छ।

 पूर्णपाठः

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com