२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

यू-१९ विश्वकप क्रिकेट खेल्ने १६ टोलीको टुङ्गो लाग्यो

३ भदौ, काठमाडौं । आगामी वर्ष श्रीलंकामा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्ने सबे १६ टोलीको टुङ्गो लागेको छ ।

क्षेत्रीय छनोटअन्तर्गत अमेरिकन क्षेत्रको छनोटबाट अमेरिका छनोट भएपछि १६ वटै टोलीको टुङ्गो लागेको हो ।

आयोजक श्रीलंकासहित ११ राष्ट्र सिधै छनोट हुँदा बाँकी पाँच राष्ट्र क्षेत्रीय छनोट खेल्दै यू-१९ विश्वकपका लागि छानिएका हुन् ।

जसमा अमेरिकासँगै एसिया क्षेत्रबाट नेपाल, युरोपबाट स्कटल्याण्ड, अफ्रिकाबाट नामिबिया तथा इस्ट एसिया प्यासिफिकबाट न्युजिल्याण्ड छन् ।

२०२२ मा वेष्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा अगाडि रहेको पूर्ण सदस्य राष्ट्रहरु भने स्वत छनोट भएका हुन् ।

जसमा च्याम्पियन भारत र २०२४ को आयोजक श्रीलंकासहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान, साउथ अफ्रिका, वेष्ट इन्डिज र जिम्बाव्वे छन् ।

यू-१९ विश्वकपको मिति भने तय भइसकेको छैन । छनोट हुने पछिल्लो राष्ट्र अमेरिकाले क्यानडालाई नेट रनरेटमा पछि पारेको हो ।

चार राष्ट्र सम्मिलित अमेरिकी क्षत्रेसिय छनोट डबल राउण्ड रोविनका आधारमा खेलाइएको थियो ।

जसमा अमेरिका र क्यानडाले ६ खेलबाट समान १० अंक जोडेका थिए । दुवैले एक अर्कालाई एक-एक पटक पराजित गरेका थिए ।

तर नेट रनरेटमा अमेरिका अघि रह्यो । अमेरिकाको रनरेट ४.८४९ हादा क्यानडाको ३.५०० रह्यो ।

लिगको अन्तिम खेलअघि क्यानडा १० अंकसहित शीर्ष स्थानमा थियो र अमेरिकालाई हराएमा क्यानडा सिधै छनोट हुने थियो । तर वर्षाका कारण २२ ओभरमा छोट्याइएको निर्णायक खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो । क्यानडाले पहिले ब्याटिङ गर्दै २२ ओभरमा ९२ रन बनाएको थियो । अमेरिकाले १७.२ ओभरमै उक्त लक्ष्य पूरा गर्‍यो ।

क्षेत्रीय छनोटबाट यू-१९ विश्वकपमा छनोट हुने पहिलो टिम नेपाल बनेको थियो । नेपालले एसिया छनोटको निर्णायक खेलमा घरेलु टोली युएईलाई हराएर च्याम्पियन बनेको थियो ।

अफ्रिका छनोटमा केन्यालाई पछि पार्दै नामिबिया च्याम्पियन भएको थियो भने युरोपियन छनोटमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई पछि पारेको थियो ।

गत संस्करणको यू-१९ विश्वकप नखेलेको टेष्ट राष्ट्र न्युजिल्याण्डले इस्ट एसिया प्यासिफिक क्षेत्रको छनव६ खेल्दै च्याम्पियन बनेर आगामी यू१९ विश्वकपमा छनोट भएको हो ।

७ राष्ट्र सम्मिलित छनोटमा न्युजिल्याण्डले ६ वटै खेल जितेर जापानलाई पछि पारेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com