२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

भक्तपुरको बालसुधार गृहमा गोली चल्यो : तीन घाइते, एकको अवस्था गम्भीर

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा  तीन कैदी र केही प्रहरी घाइते भएका छन् ।

घाइते बन्दीमध्ये एक जना गम्भीर घाइते भएको जनाइएको छ । दुई जनाको स्थिति सामान्य भएको जनाइएको छ । घाइतेहरूको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए । उनीहरूले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् ।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन् । सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन् । यसैगरी प्रहरीले फरार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com