२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेले गर्‍यो बहिस्कार

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको हो ।

राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

‘दलहरुबीच लगातार छलफल भइरहेको छ । यहीबीचमा पुरै एजेन्डा नै राखेर संसद्को अवरोधबारे छलफल गर्न भनेर राष्ट्रपतिले कसरी बैठक डाक्नुभयो होला ?’, प्रश्न गर्दै नेम्वाङले भने, ‘यो राष्ट्रपतिको अनावश्यक सक्रियता हो ।’

उनले सोमबार बेलुका आफूहरूले प्रधानमन्त्रीले बोलाएको बैठकमा राष्ट्रपतिले बोलाएको बैठकबारे प्रधानमन्त्रीलाई सोध्दा उनले समेत कुनै जवाफ नदिएको बताए ।

‘तपाईको सल्लाहबेगर यस्तो त हुँदैन । यता तपाई छलफल गरिरहनुभएको छ । उता राष्ट्रपतिले एजेन्डा नै राखेर बैठक बोलाउनुभएको छ । यो सल्लाहमा हो कि के हो भन्दा प्रधानमन्त्रीले जवाफ नै दिनुभएन’, नेम्वाङको भनाइ छ ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।

उनको सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हुन् । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com