२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कोशीका मुख्यमन्त्री थापाविरुद्ध एमाले फेरि सर्वाेच्च गयो

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत पुगेको छ ।

कोशी प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै बाध्य भएर सर्वोच्च आउनुपरेको कोशी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए। उनले मत बराबर पनि नभएको अवस्था र मत विभाजनको समय पनि सकेर मत सच्चाउने क्रममा मतदान गरि पुन सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावली विपरीतको कार्य भएको जिकिर गरे । कानुन, संविधान र संसदीय मूल्यमान्यतालाई स्थापीत गर्नका लागि बाध्य भएर अदालतमा न्यायका लागि आउनुपरेको उनले बताए

उनले गठबन्धन दलले संविधानबिपरितको काम नरोकेसम्म पटक पटक अदालत आउनुपर्ने परिस्थीति उत्पन्न हुने धारणा राखे । मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com