२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

गिरिबन्धुमा अनुसन्धान जरुरी छैन, सरकारले आवश्यक देखे गर्न सक्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टि इस्टेटको जग्गा बिक्री प्रकरणबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका छन् । यद्यपि सरकारले आवश्यक देखेमा अनुसन्धान गर्नसक्ने पनि उनले बताए ।

बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले गिरिबन्धु टि इस्टेटमा पहिला कानुनबिना नै जग्गा दिएकामा आफू नेतृत्वको सरकारले सट्टाभर्नाको कानुन बनाइदिएको बताए ।

‘गिरिबन्धुले चिया इस्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानून पहिला जमिन दिइएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौं । (अनुसन्धान गर्न) जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ’ उनले भने ।

ओलीले सुन तस्करी प्रकरणमा सरकार लचिलो भएपछि सदन खुलेको बताए । ‘हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैंका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो ।

यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो । अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ । त्यसमा सहमति भयो’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com