२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । विगत १४ वर्षदेखि प्यारालाइसिसले थलिएका किरातीका बुवा हर्कबहादुर राईको निधन भएको हो ।

अवकाशप्राप्त बेलायती सैनिक राईको प्यारालाइसिसका कारण चल्न–चलबलाउन नसक्ने अवस्थामा थिए । मन्त्री किरातीकी आमाको पनि केही वर्ष पहिलो निधन भइसकेको छ ।

बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् ।

‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्र्यो त केवल  खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छातिभित्र’ मन्त्री किरातीले भनेका छन् ‘आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरूको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जलि ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com