२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

भारतको चन्द्रयान ३ आज चन्द्रमाको सतहमा अवतरण गर्दै

भारतको चन्द्रयान–३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले दाबी गरेको छ ।

बुधबार साँझ भारतको स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा अवतरण हुने इसरोले जनाएको छ ।

चन्द्रयान ३ को अवतरणलाई ईसरोले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । अवतरण समयभन्दा करिब आधा घण्टाअघि ५ बजेर २७ मिनेटदेखि लाइभ गरिने र त्यसलाई इसरोको यूट्युब च्यानलमा लाइभ हेर्न मिल्ने छ ।

चन्द्रयान ३ यसअघि भारतले परीक्षण गरेर असफल भएको चन्द्रयान २ को निरन्तरता हो । चन्द्रयान २ भारतले सन् २०१९ मा परीक्षण गरे पनि अवतरण हुन असफल भएको थियो ।

चन्द्रयान चन्द्रमामा अवतरण गर्न सफल भएमा अन्तरीक्षमा पुग्न भारत दक्षिण एसियाकै पहिलो मुलुक बन्नेछ भने विश्वको चौथो मुलुक बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले अन्तरीक्षमा आफ्नो यान पठाइसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com