२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार गौरा पर्वको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताए । उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताए । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताए । उनले  तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढी सकेको बताए । उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास रहेको बताए । उनले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com