२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

अफगानिस्तानमाथि रोमाञ्चक जित हात पार्दै पाकिस्तानले जित्यो सिरिज

काठमाडौँ- पाकिस्तानले अफगानिस्तानविरुद्धको ३ खेलको एकदिवसीय सिरिज एक खेल अगावै जितेको छ ।

बिहीबार राति श्रीलंकाको हम्बानटोटामा सम्पन्न दोस्रो खेल १ विकेटले जित्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो । यसअघि पहिलो खेल पाकिस्तानले १ सय ४२ रनले जितेको थियो ।

बिहीबार राति ३ सय १ रनको लक्ष्य पाकिस्तानले निर्धारित ५० ओभरको एक बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानलाई जित दिलाउन इमाम-उल-हकले सर्वाधिक ९१ रन तथा कप्तान बाबर आजमले ५३ रन बनाए । सदाव खानले ४८ रनको योगदान गरे ।

अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ३ तथा मोहम्मद नावीले २ विकेट हात परे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनायो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले १ सय ५१ रन तथा इब्राहिम जदरनले ८० रन जोडे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक २ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com