२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

संसद्‍मा गहन अध्ययन र बहसबिनै विधेयकहरू बहुमतको भरमा पास हुन्छन् : अध्यक्ष राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरू पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राउतले आफू संसद् छिरेको छोटो समयमै संसदप्रति वितृष्णा जागेको जिकिर गरे । उनले सबैले संसद् ऐन, कानुन निर्माण गर्ने थलो हो भन्ने सोचे पनि बिनाछलफल र अध्ययन बहुमतको आडमा ऐनहरू पारित गर्ने गरिएको भन्दै आपत्ति जनाए । उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरू गहन र विषयवस्तु आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए ।

अध्यक्ष राउतले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरूले नदिने गरेको दाबी गरे । उनले संसदबाट धेरै आशा गर्न नसकिने बताए । उनले सचिवसँग निजामती ऐन माग्दा नदिएको गुनासो गरे ।

अध्यक्ष राउतले शिक्षकलाई उचित पारिश्रमिक दिनुपर्ने र शिक्षा पेसालाई मर्यादित बनाउनुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com