२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

महाकालीमा पानीको बहाव घटेपछि बनबासा पुलमा चार पांग्रे सवारी साधन सञ्चालन

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव घटेपछि शनिबारदेखि चार पांग्रे सवारी साधन सञ्चालन भएको छ ।

बिहीबारदेखि पानीको बहाव बढेपछि बन्द भएको शारदा ब्यारेजको बनबासा पुल तेस्रो दिन ठूला सवारी साधनका लागि आवागमन खुला गरिएको हो । शनिबार महाकालीमा पानीको बहाव ८५ हजार ७१९ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार साँझ पानीको बहाव १ लाख १० हजार क्यूसेक पुगेको थियो । पानीको बहाव १ लाख नाघ्नेबित्तिकै चार पांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com