२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

कम्युनिस्टहरू एक ठाउँमा आउनै पर्छ : विप्लव

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका हुन् । विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने जिकिर गरे । उनले प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने बताए । उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभइ सैन्य मोर्चा रहेको उल्लेख गरे ।

विप्लवले नेपालमा राजनीतिक अन्तरविरोध फेरिएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरिकी साम्राज्यवादविरुद्ध रहेको बताए । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com