२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

बागमती नदीमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौँ- र्‍याफ्टिङ खेल प्रवर्द्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौँको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्‍याफ्टिङ हुन लागेको हो ।

जिल्ला समन्वयन समिति काठमाडौँले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा ‘हामी सँगसँगै सहकार्य गरौं’ भन्ने नारा लिएर ऐतिहासिक बागमति नदिमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो । गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएको र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।

जिल्ला समन्वयन समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौँ जिल्लाभित्र रहेको काठमाडौँ महानगरपालिकासहित दश वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए । कुल ४५ वटा डुङ्गाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

बिहान ७ः३० देखि सुरु भएको यात्रा साँझ ५ः३० सम्म सञ्चालनमा हुनेछ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ । त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्‍याफ्टिङ हुनेछ । सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिनेछ ।

त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि ८ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिङने आयोजक जिल्ला समन्वयन समिति, काठमाडौँले जनाएको छ । आयोजक जिल्ला समन्वयन समिति काठमाडौँले यो अभियानबाट बागमती नदिमा पनि र्‍याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com