२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

माधवजी पहिलोपटक निर्दोष भन्ने सावित भयो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् ।  शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार प्रकरणमा जुनसुकै पार्टी भए पनि दोषी भए कारबाही हुनुपर्छ भनेर आफैले भनेको भन्दै उनले अघि भने,‘तपाईँहरूले हेर्नुभयो भने माधवजी यहाँ हुनुहुन्छ । माधवजीको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भनेर बनिनै राख्यो ।’

प्रधानमन्त्री प्रचण्डले माधव नेपालमाथि सीआईबीले बयान लिएपछि प्रश्न उठाउने ठाउँ नै नरहेको बताए । ‘र, पहिलोचोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । औपचारिक ढङ्गले साबित भयो अब फेरि प्रश्न उठाउने ठाउँ रहेन’, प्रचण्डले भने,‘ किनभने सीआईबीले अन्ततः उहाँको पनि के हो कुरा भनेर बयान त लियो र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएपछि सँधैको टेन्सन माधवजीलाई मात्र होइन त्यो टेन्सन मलाई पनि थियो , अब हट्याे ।’  उनले त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा आफूलाई पनि रहेको बताए ।

‘किनभने हामी त एउटै मोर्चामा थियौँ । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशङ्का थियो तर अब त्यो स्थिति रहेन । दोषी गइरहेका छन् निर्दोष निर्दोष साबित भएका छन्’, प्रचण्डको भनाइ छ । उनले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने भन्दै जाँदा यो महाअभियान हुने देखिएको पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com