२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

माओवादीको तीन महिने अभियानको उद्‌घाटन आज, प्रचण्डले पेरिसडाँडाबाट सम्बोधन गर्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुँदैछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९:०० बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डाबाट अध्यक्ष दाहालले सो सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए ।

उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युबलगायतका विभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने ब्यवस्था मिलाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com