२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

स्वस्तिमा र मुकुनको ‘ऐँचो पैँचो’ नियति, पोस्टरमा अगाडि चर्चामा पछाडि

काठमाडौँ – ‘ऐँचो पैँचो’ रिलिजअघि जताततै स्वस्तिमा खड्का छाएकी थिइन् । टिजर, गीत, ट्रेलर जताततै स्वस्तिमाका फुटेज थिए । मिडिया पनि उनकै मात्र खोजीमा हुन्थ्यो । स्वस्तिमा जत्तिकै होइन, लगभग त्यही अवस्था मुकुन भुसालको पनि थियो । ‘बुलबुल’मा हिट भएको जोडी भएका कारण यो फिल्ममा पनि धेरैको आश मुकुन– स्वस्तिमामै थियो ।

निर्माण टिमले पनि फिल्मको युएसपी (युनिक सेलिङ प्वाइन्ट) यही मानेको थियो । त्यसैले पोस्टरमा सबैभन्दा अगाडि स्वस्तिमा थिइन् अनि मात्र अरु । विचरा वर्षा राउत र सुशील सिटौला त अन्तिममा । टिजर र टेलरमा पनि यही हाल थियो । तर रिलिज पछाडि यो समीकरण बदलिएको छ । रिलिजपछि प्रचार सामाग्रीमा पछाडि पारिएका वर्षा राउत र सुशील सिटौलाकै अभिनयको मात्र चर्चा छ ।

प्रिमियरमा हेर्नेदेखि टिकट काटेर हेर्नेसम्मले वर्षा र सुशीलको अभिनयको प्रशंसा गरेका छन् । वर्षाले सोझी युवतीको रुपमा मन खाने अभिनय गरेको भन्दै तारिफ पाइरहेकी छिन् भने सुशीलले पनि फेरि एक पटक राम्रो कलाकार भएको प्रमाण पेश गरेको चर्चा छ । तर पहिले जताततै छाएका स्वस्तिमा र मुकुन भने रिलिज पछि ओझेलमा परेका छन् । न उनीहरुको अभिनयको चर्चा भएको छ न चरित्रको । अझ ‘बुलबुल’को जस्तो केमेस्ट्री आश गरेर गएका दर्शक त जिल्लै परेका छन् ।
अब यसलाई समय समयको कुरा त भन्ने होला नी । हिजो अगाडि हुने आज पछाडि अनि पछाडि हुने अगाडि ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com