२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

प्रभावकारी बन्दै हेलो सरकार, कसरी गुनासो गर्ने ?

काठमाडौँ । आइतबारदेखि तीन सिफ्ट गरी २४ सै घण्टा सञ्चालनमा आएको हेलो सरकारले द्रुत गतिमा नागरिकका गुनासो सम्बोधन गरेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको गुनासो सुनेका थिए । उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि क्षेत्रमा खटिएको सचिव पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार ढुंगो निकै ठूलो बस्तीमा असर नपर्ने गरी हटाउने कार्य भइरहेको छ ।

जनगुनासो सम्बोधन गर्न २०६८ कात्तिक १७ गते हेलो सकार कक्ष स्थापना भएको थियो । विभिन्न चरणमा पोर्टल सुधार, गुनासो ट्रयाकिङ गरिँदै आएको हेलो सरकारले १२ वर्ष पुरा गरेको छ । भूकम्पपछि टहरोबाट दुई सिफ्टमा सञ्चालन भएको थियो । तर द्रुत गतिमा जन गुनासो सम्बोधन गर्न सरकारले २४ सै घण्टा सञ्चालनमा ल्याएको हो । पोर्टल विकास, मन्त्रालय र केन्द्रीय निकायका नोडल अधिकृत तोकिएको छ ।

सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सुशासन नियमावली २०६५ नियम २० को व्यवस्था गरिएको छ । केही नियम परिमार्जन गरी सरकारले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०८० जारी गरेको छ ।

पछिल्लो समय आम नागरिकबीच लोकप्रिय बन्दै गएको हेलो सरकारमा आएका गुनासो द्रुत गतिमा सम्बोधन गर्नका लागि थप सुविधा ल्याएको छ ।

यस्तो छ गुनासो गर्ने तरिका र कार्यान्वयनका प्रक्रियाहरू:

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com