२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिर

काठमाडौँ- महत्वपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपालको आगामी वर्ष बंगलादेशमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप खेल्ने सपनाको अन्त्य भएको छ ।

मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सम्भावनाको अन्त्य भएको हो ।

जितका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ५९ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि कविता कुँवरले १७ रन तथा कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा कामोचम्फुले र नाटाया बुचाथमले समान ३-३, थिपाचा पुथाओङले २ विकेट तथा सुनिडा चाटुरोन्ग्राटाना, फनिता मायाले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

थाइल्यान्डका लागि नानापाट खोन्चारोएन्काईले अविजित ५९ रन तथा नाथाकान चानथामले ३१ रनको योगदान गरे ।

नेपालका लागि पूजा महतो र कविता कुँवरले १-१ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com