२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रकम ठगी गर्ने रत्न केशरी श्रेष्ठ पक्राउ

काठमाडौँ- काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रत्न केशरी श्रेष्ठ पक्राउ गरेको छ । थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको जनाएकाे छ ।

काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन प्रवक्ता/सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार भक्तपुर मध्यपुर ठिमी नपा वडा नं‍. ४  स्थायी घर भई हाल काजिकामनपा वडा नं २६ सामाखुशी बस्ने वर्ष ५० की रत्न केशरी श्रेष्ठले आशा माया लामालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु, त्यसको लागि २० बीस लाख रुपैयाँ लिएको थिइन । अष्ट्रेलिया पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक  ३तीन लाख  भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई ९ लाख रकम लिई सम्पर्क विहीन भएकी थिइन् ।

वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरे अनुसार काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको  प्रहरी टोलीले रत्न केशरी श्रेष्ठको खोजतलास गर्ने क्रममा भदौ २२ गते काठमाडौँ स्थित सामाखुशीबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको काठमाण्डौंँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com