२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् ।

शनिबार चितवनमा कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै कोइरालाले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको र पार्टीविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन् ।

अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ । उनले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली राख्नुपर्ने जिकिर गरे ।

कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको अवस्थामा नेता तथा कार्यकर्ताहरूले यसलाई अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com