२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय छन् : केपी ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि सक्रिय रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ मध्यपुर थिमि नगर कमिटले शनिबार भक्तपुरमा आयोजना गरेको तीज शुभकामना कार्यक्रममा ओलीले चाडबाड, एकता र सबै जातका मान्छेहरू एकै ठाउँ बसेको मन नपराउनेहरूले साम्प्रदायिक सद्भाव भड्काउन खोजिरहेको बताएका हुन् । ओलीले सामाजिक सुप्रबन्ध र व्यवस्थालाई राम्रो बनाउन चाडपर्वहरूको विशेष महत्व रहेको बताए । उनले मुलुकको अवस्थामा परिवर्तन ल्याए पनि पूर्ण सन्तोषजनक हुने अवस्था नरहेको धारणा राखे ।

ओलीले ४८ सालमा तीज कार्यक्रममा अर्घाखाँचीमा कांग्रेसका कार्यकर्ताले महिलाहरूमाथि कुटपिट गरेको र त्यसको समस्या समाधान गर्न आफू जानुपरेको स्मरण गर्दै अहिले पनि त्यस्तो घटना दोहाेरिने खतरा कायमै रहेको बताए ।

उनले आयातित वस्तुलाई निरूत्साहित गर्दै स्वदेशी वस्तुको उपयोगमा जोड दिनुपर्ने धारणा राखे । मुलुकका उत्सव चाडपर्वहरूले आफ्ना खुट्टामा आफैँ उभिने प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com