२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ ।   ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए  भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमित बढेका हुन् ।

गएको साढे सात महिनाको अवधिमा  सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको छ । यस्तै डेंगु सङ्क्रमण ७५ जिल्लामा देखिएको  ईडीसीडीले जनाएको छ ।

सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै  १३ हजार ८७७  जनामा सङ्क्रमण सुनसरी जिल्लामा पुष्टि भएको छ । दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा सङ्क्रमण पुष्टि भएको छ । तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ ।

यस्तै, १ हजार ३६४ जना झापामा, ४५८ जना काठमाडौँमा, ३७३ जना धनकुटामा, ३३४ जना सङ्खुवासभामा, ३३१ जना धनुषामा, २७३ जना कास्कीमा र २६५ जना कैलालीमा सङ्क्रमित रहेका छन् ।

कुन प्रदेशमा कति सङ्क्रमित

सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु सङ्क्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १८ हजार ६८२ जना डेंगु सङ्क्रमित छन् । त्यसपछि बाग्मती प्रदेशमा ३ हजार ३२४ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ७०१० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपञ्चिम प्रदेशमा ७१५, मधेस प्रदेशमा ५२२, लुम्बिनी प्रदेशमा ४०१७ र कर्णाली प्रदेशमा ४९ जना सङ्क्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com