२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

कांग्रेस एकजुट हुनुको विकल्प छैन : डा कोइराला

रामेछाप – नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताएका छन् ।

कांग्रेस रामेछापले मन्थलीले एक सय १० औँ बिपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पाटी बिना गुट र बिना सहारा एक्लै लड्न तयार रहनुपर्ने बताए ।

उनले भने, “परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ । म अठोटका साथ भन्छु, काँग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिल्यै पनि हराउन सक्दैन ।’’

अहिले काँग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै नेता कोइरालाले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

अर्को प्रसङ्गमा नेता कोइरालाले कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने संकेत पनि दिए । दशैँ लगतै आफू कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्यांकनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि उनले स्पष्ट पारे ।

काँग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उनको भनाइ छ । बिपीले ७० वर्ष अगाडि दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि काँग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गरे ।

उनले कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीका लागि परमादेश गरेर सर्वोच्च अदालतले गलत काम गरेको पनि बताए । राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपार्टीले मुलुकमा राजनीतिक खतरा बढाएको पनि कोइरालाको भनाइ छ । उनले भने,  ‘‘राजनीतिक पार्टीहरूले एकआपसमा छलफल गरेर समस्याको समाधान निकाल्नका लागि पनि सुझाव दिनुभयो । राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’’ तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु पनि गलत पूर्ण निर्णय भएको पनि नेता कोइरालाले बताए ।

कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षपाति भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com