२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

एसिया कपः हिजाे राेकिएकाे भारत र पाकिस्तानबीचको खेल अब के हुन्छ ?

काठमाडौँ- पाकिस्तान र श्रीलंकामा जारी एसीसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल आज पुनः हुने भएको छ ।

आइतबारका लागि तय भएको खेल वर्षाका कारण पूरा हुन नसकेपछि ‘रिजर्भ डे’ अर्थात आज खेल हुन लागेको हो ।

आइतबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा निरन्तर भारी वर्षा भएपछि खेल स्थगित भएको थियो ।

तर आज सोही अवस्थाबाट पुनः खेल सुरु हुने भएको हो ।

आइतबार भारतीय ब्याटर शुवमन गिल ५८ रन तथा कप्तान रोहित शर्मा ५६ रनमा आउट भए । विराट कोहली ८ तथा केएल राहुल १७ रन बनाएर अविजित रहेका छन् ।

पाकिस्तानका शदाब खान र शाहिन शाह अफ्रिदीले एक-एक विकेट हात पारेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com