२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न हाम्रो पार्टीले पहलकदमी लिएको हो -माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणीसहित अमेरिकन सहयोग परियोजना (एमसीसी) पारित गर्न आफ्नो पार्टीले पहलकदमी दाबी गरेका छन् । सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित नगरिएको भए मुलुकको कानुन तल पर्ने बताए ।

‘व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित नभएको भए नेपालको हात तल पर्थ्यो । नेपालको कानुन नतमस्तक हुनुपर्थ्यो । हामी आफ्नो अडान अगाडि सार्न सक्ने हैसियतमा हुने थिएनौँ,’ उनले भने, ‘हाम्रै पार्टीको पहलकमदीमा व्याख्यात्मक टिप्पणी ल्याएर देशको स्वाभिमानको रक्षा गरेका छौँ । असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौँ ।’

एमसीसी अस्वीकार नगरेर नेपाललाई फाइदा भएको उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com