२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एसियन गेम्समा क्रिकेट : टी-२० विश्वकप छनोटलाई तयारीको अवसर

काठमाडौं । चीनको ग्वाङ्झाओमा हुने १९ औं एसियाली खेलकुद (एसियन गेम्स) मा नेपाली क्रिकेट टिमले २७ सेप्टेम्बरदेखि प्रतिस्पर्धा गर्दैछ । १३ टिमले भाग लिने पुरुष क्रिकेट टी-२० फर्म्याटमा हुने छ ।

गत वर्षको अगष्टमा केन्यामा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेपछि नेपालले टी-२० फर्म्याटमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।

पछिल्लो एक वर्षमा नेपालले वान डे विश्वकपको छनोट मानिने लिग टु को अन्तिम चार सिरिजमा १६ खेल खेल्यो । लिग टु को अन्तिम १२ मध्ये ११ खेल जितेर ओडीआई मान्यता पनि जोगायो र विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

त्यस्तै एसीसी प्रिमियर कपको उपाधि जितेर नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग पनि ओडीआई  खेल्यो ।

अब भने नेपालको ध्यान टी-२० विश्वकपको छनोटतर्फ केन्द्रित छ । एसियन गेम्स नेपालका लागि महत्वपूर्ण छ किनभने नेपालले अब आगामी नोभेम्बरमा घरेलु मैदानमै हुने नेपालले टी-२० विश्वकपको छनोट खेल खेल्नुपर्नेछ ।

टी-२० विश्वकप एसिया छनोटमा नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, मलेसिया र छनोट हुन बाँकी अर्को एक गरी ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली आगामी वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

कप्तान रोहितकुमार पौडेलले टी-२० फर्म्याटका लागि पनि आफूहरु तयार रहेको बताए । ‘टी-२० फर्म्याटमा सबै जना अलि एग्रेसिभ भएर खेल्छन् । यसमा कसरी हुन्छ टार्गेट बढाउनेमा ध्यान दिनुपर्छ’, उनले भने ।

चीनमा हुने एसियन गेम्समा नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

भारतमै आगामी अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपको तयारीमा रहेकाले यी देशले एसियन गेम्समा दोस्रो रोजाइको टिम पठाएका छन् ।

रोहितले प्रतिस्पर्धी जस्तो भए पनि आफ्नो खेल राम्रो बनाउन ध्यान दिने बताए ।  ‘वान गेम एट ए टाइम लिएर जाने हो’, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तयारी गरिरहेका उनले भने ।

‘हामीले आफ्नो खेलमा फोकस गर्नुपर्छ र आफ्नो प्रोसेसलाई ध्यान दिनुपर्छ, सबै टिम टफ नै हुन्छन्’, उनले भने ।

टिममा परिवर्तन

एसिया कपमा नेपाली टोली १७ सदस्यीय थियो । जसमध्ये आरिफ शेख, भीम सार्की, किशोर महतो, अर्जुन साउद र श्याम ढकाल एसियाड खेल्ने टिममा छैनन् ।

विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् । एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् ।

कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने र ललित राजवंशी स्पिनरको भूमिका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com