२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

विभिन्न काण्डहरू चलाएर देशको विकास हुन सक्दैन : केपी ओली

भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्डहरू चलाएर देशको विकास हुन नसक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा दिपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्डहरू चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् ।

उनले देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्नसक्नुपर्ने जिकिर गरे ।

अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे । देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरू पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे ।​

उनले मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरू नै अग्रसर हुनुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com