२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता

चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ।

शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता भएको हो। नेपालबाट हाङ्झाव पुगेका प्रतिनिधि मण्डल र चीनका अधिकारीहरू पनि औपचारिक भेटवार्तामा सहभागी भएका छन्।

भेटवार्तापछि प्रधानमन्त्री १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनेछन्। आइतबार प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानेछन्।

बेइजिङमा उनले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन्।

त्यसैगरी राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। यसैगरी चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।   ​

प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको चोङकिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्।

प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।

तस्बिरहरू:

381356461_848488443260940_60922868668188283_n-1695464166.jpg

382657092_1229616641042638_6679343260912576767_n-1695464164.jpg

381374001_1385048532391882_1648716209917398260_n-1695464163.jpg

382130679_829117052216529_6535654443571422665_n-1695464163.jpgprachanda-and-xi-1695464309.png380793685_285349460920006_3039306171673050536_n-1695464518.jpg

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com