२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्डले दिए राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा अमेरिकाको न्यूर्योकमा सहभागी हुने क्रममा महासचिव गुटरेससँग दुईपक्षीय भेटवार्ता भएको र सो क्रममा आफूले निमन्त्रणा गरेको बताएका छन् ।

भेटको क्रममा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढीकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालले पुर्‍याएको योगदानको विषयमा छलफल भएको जानकारी दिएका छन् ।  सो क्रममा महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र आफ्नो निमन्त्रणा स्वीकार गरी छिट्टै नेपाल भ्रमणमा आउने उल्लेख गरे ।

यस्तै प्रचण्डले एन्टिगुवा र बारमुडाका प्रधानमन्त्रीले आयोजना गरेको ‘यूनाइटेड नेशन्स फ्रेन्डस अफ भिजन हाई लेभल ब्रिफ कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेपालले आँखाको उपचारमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेको जानकारी गराएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com