२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

‘जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाएको’

काठमाडौँ – सरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छिन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताइन् । उनले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने धारणा राखिन् । जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उनको भनाइ छ । उनले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट पार्दै सरकारले गरेको निर्णयबाट फिर्ता हुने सम्भावना नरहेको धारणा राखिन् ।

यसअघि मंगलबार संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको सार्वजनिक विदा कटौती गर्न माग गरेका थिए । त्यस्तै उनले सामाजिक सञ्जालमा हुने दूरुपयोग रोक्न तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com