२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

नेपाल र लाओसबीचको खेल हेर्न ३ सयदेखि ५ सय तिर्नुपर्ने

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई देशबीचको खेलका लागि साधारण पारापिटतर्फ ३ सय रुपैयाँ र भिआईपी पारापिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो । खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैँले व्यवस्थापन गरी बिक्री गर्नै बताइएको छ ।

खेलका लागि लाओस ९ अक्टोबरमा नेपाल आउने र प्रशिक्षणका लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ । प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ । फिफा वरियताको १८६ औं स्थानमा रहेको लाओससँग १७५ औं स्थानमा रहेको नेपालको सो खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ ।

खेलको कमर्सियल एण्ड मिडिया राइज्ट्स सिंगापुरस्थित स्पोर्ट लाइभलाई प्रदान गरिएको छ । खेल असोज २५ गते दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com