२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

विश्वासको मत नपाउने भएपछि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामा

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले आजै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताएका हुन् ।

गत भाद्र २२ गते सर्वोच्च अदालतको परमादेश बमोजिम संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले राजीनामाको घोषणा गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनको सम्भावना कायम राख्न समेत सुझाव आएकाले राजीनामा दिन लागेको बताए ।

मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गरेका कारण प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com