२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

इजरायल आक्रमणमा नेपाली विद्यार्थी परेको प्रारम्भिक सूचना, परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखिको खिचातानीबीच प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो दिएको छ ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ ।

घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको बताइएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बतायो ।

परराष्ट्रमन्त्री एनपी साउदले शनिबार अपराह्न सिंहदरबारस्थित मन्त्रालयमा आकस्मिक बैठक डाकेका छन् । भर्खरै सकिएको बैठकमा इजरायल पढ्न गएका विद्यार्थीमध्ये केही घाइते भएको सूचना प्राप्त गरेपछिको परिस्थिति विश्लेषण भएको बताइएको छ ।

बैठकपछि अनलाइनखबरसँग बोल्दै मन्त्री साउदले भने, ‘हामीले नेपालबाट गएका विद्यार्थीहरु घाइते भएको सूचना पाएका छौं । एकैछिनपछि विस्तृत बुझेर मन्त्रालयको धारणा सार्वजनिक गर्छौं ।’

परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘प्रारम्भिक सूचनाहरु उपलब्ध भएका छन्, हामी घटनाक्रमलाई बुझ्ने र विश्लेषण गर्ने क्रममा छौं ।’

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको आतंकविरुद्ध आफूहरु युद्धमा गएको र कडा नतिजाको सामना गर्नुपर्ने घोषणा गरेका छन् ।

१९८७ मा इजरायलविरुद्ध युद्ध गर्न भनेर खुलेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासलाई सिरिटी इरान नामक संस्थाको पृष्ठपोषण छ । हमास अर्थात् इस्लामिक प्रतिरोध आन्दोलन नाम दिइएको संस्था इजरायलसँग रकेट लन्चर र बमसहित आक्रमणमा उत्रिएपछि संसारभरिको ध्यान खिचिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com