२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

इजरायलबाट घाइतेको उद्दार र मृतकको शव ल्याउने कार्य तत्काल गरियोस् : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनुपर्ने बताएका छन् ।

अतिवादी समूह हमासद्धारा इजरायलमा गराइएको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन् ।

‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली,  परिवारजनमा समवेदना ।’

इजरायलमाथि अतिवादी समूह हमासले अचानक गरेको आक्रमणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबीच भिडन्त अझै पनि जारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com