२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

विद्युत् विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकले ‘विद्युत् विधेयक, २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकको विशेष समयमा सांसदहरूले शान्तिसुरक्षा र सुशासन कायम गर्न माग गर्दै चाडपर्व नजिकिएसँगै बजारमा महँगी र कालोबजारी बढेकाले यसलाई नियमन गर्न माग गरे । उनीहरूले इजरायलमा अलपत्र रहेका थप नेपालीहरूलाई उद्धार, खोजी तथा स्वदेश फिर्ताका प्रक्रियामा निरन्तर चासो दिन पनि आग्रह गरे । विजयादशमी अगाडिको अन्तिम बैठक भएकाले सांसदहरूले नेपालीहरूमा शुभकामना सन्देश पनि व्यक्त गरेका थिए ।

उक्त समयमा सांसदहरू पदम गिरी, हितराज पाण्डे, सञ्जयकुमार गौतम, वासुदेव घिमिरे, अशोककुमार चौधरी, रोशन कर्की, प्रदीप यादव, राजेन्द्र पाण्डे, सर्वेन्द्रनाथ शुक्ला, प्रभु साह, उर्मिला माझी, मैना कार्की, तारा लामा तामाङ, अमृतलाल राजवंशी, सन्तोष चालिसे र लालवीर चौधरीले भाग लिएका थिए ।

बैठकले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थितिका सूचना दिने मनोरमा शेरचन, दयालबहादुर शाहीको सूचनालाई स्वीकृत गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले दसैँ, तिहार र छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरका थिए । प्रतिनिधिसभाको अर्काे बैठक आगामी कात्तिक १२ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com