२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एमालेबारे पढाउन मोरङका १७ वटै पालिकामा ३-३ प्रशिक्षक परिचालन गरिँदै

विराटनगर- नेकपा एमाले मोरङले जिल्लाका १७ वटै पालिकामा एमालेबारे पढाउन सक्ने ३-३ जना प्रशिक्षक तयार पार्ने भएको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले प्रशिक्षक प्रशिक्षण तालिम सञ्‍चालन गर्ने निर्णय गरेको हो ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले मोरङका हरेक पालिकाबाट ३-३ जना अगुवा कार्यकर्तालाई सहभागी गराएर प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । उनीहरूलाई पार्टीको प्रशिक्षक बनाएर सम्बन्धित पालिकामा एमालेबारे पढाउन खटाइने जनाइएको छ ।

पहिलो चरणमा ‘वर्तमान अवस्थामा राष्ट्रिय राजनीति र एमालेको कार्यदिशा’ बिषयक पहिलो प्रशिक्षण संचालन गर्ने र त्यसपछि पालिकास्तरमा पढाउन सक्ने गरी प्रशिक्षक निर्माण गर्ने तालिम संचालन हुने जनाइएको छ । एमाले महासचिव शंकर पोखरेल वा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको उपस्थितिमा प्रशिक्षण आयोजना गर्ने अध्यक्ष पोखरेलले बताए ।

जिल्ला कमिटीको बैठकले आगामी मंसिर मसान्तभित्र मोरङ जिल्लाको सम्बृद्धिको न्यूनतम् कार्यक्रम तयार पार्ने समेत निर्णय गरेको जनाइएको छ । मंसिरभित्रै पालिका र वडा कमिटीहरूको व्यवस्थापन गरिसक्ने र छुट भएका पार्टी सदस्यहरूको नविकरण गर्ने समय तालिका तय भएको अध्यक्ष पोखरेलले बताए ।

एमाले मोरङले यस बर्षको विजयादशर्मी, दिपावली र छैठ लगायतका विभिन्न चाडपर्वहरूको अवसरमा आगामी कात्तिक २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा बृहत शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाइएको छ । एमालेले हरेक बर्ष मोरङ शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com