२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

च्याम्पियन्स लिगः सिटी, बार्सिलोना र पीएसजीको जित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीसँगै बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेका छन् ।

समूह ‘जी’ अन्तर्गत इंग्लिस क्लब सिटीले स्विट्जरल्यान्डको योंग ब्वाइज फुटबल क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

सिटीको जितमा अर्लिङ हालान्डले २ तथा म्यानुएल अकान्जीले १ गोल गरे । योंग ब्वाइजका लागि मेसाक एलियाले एक गोल फर्काए ।

यस समूहमा सिटीको यो लगातार तेस्रो जित हो ।

यता समूह ‘एच’ मा रहेको स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब शख्तर डोनेस्कलाई २-१ ले पाखा लगायो । बार्सिलोनाले पनि लगातार तेस्रो जित हात पारेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेस र फर्मिन लोपेजले एक-एक गोल गर्दा शख्तरका लागि हियोर्ही सुडाकोभले एक गोल फर्काए ।

समूह ‘एफ’ अन्तर्गत फ्रेन्च क्लब पीएसजीले इटालीको एसी मिलानलाई ३-० गोलअन्तरले पराजित गर्‍यो ।

पीएसजीको जितमा कायलियन एमबाप्पे, रान्डाल कोलो मुआनी र ली काङ-इनले एक-एक गोल गरे ।

एक खेल हारेको पीएसजीको तीन खेलमा यो दोस्रो जित हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com