२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

करण र सन्दीपले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र मलेसियाबीचको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह १:१५ बजेबाट सुरु हुँदैछ ।

नेपाल र मलेसियाबीचको खेलका क्रममा प्लेइङ-११ मा परे लेग स्पिनर सन्दीप लामिछाने तथा फास्ट बलर करण केसी दुवैका लागि एकसयौँ अन्तर्राष्ट्रिय क्रिकेट खेल हुनेछ ।

सन्दीपले नेपालका लागि ५१ एकदिवसीय तथा ४८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ​सन्दीपले एकदिवसीयमा १ सय १२ विकेट तथा टी-ट्वान्टीमा ९१ विकेट हात पारेका छन् ।

अर्कोतर्फ करणले नेपालका लागि ४८ एकदिवसीय तथा ५१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले एकदिवसीय र टी-ट्वान्टीमा समान ७४-७४ विकेट हात पारेका छन् ।

यसअघि अलराउन्डर दिपेन्द्र सिंह ऐरी र फास्ट बलर सोमपाल कामीले नेपालका लागि एकसयौँ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

दिपेन्द्रले समान ५२ एकदिवसीय तथा ५२ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने सोमपालले ४९ एकदिवसीय तथा ५१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com