२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाउनु दुर्भाग्य : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघको भ्रमणका बेला शान्ति प्रक्रियाका बारेमा नेपालका केही नेताहरूले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाका विषयमा अन्तर्राष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केही नेताहरूले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाउनु दुर्भाग्य भएको बताएका हुन् ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले शान्ति प्रक्रियाई निष्कर्षमा पुर्याउन तयार रहे पनि सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा लग्न ढिलाई गरिरहेको जिकिर गरेका थिए । त्यसलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहेको र निकै सकारात्मक रहेको जिकिर गरे ।

जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्नेलगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए । उनले आफ्नो निमन्त्रणमा आएका गुटेरेसको भ्रमण नेपालका लागि राम्रो भएको जिकिर गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com