२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

एकीकृत समाजवादीले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टीको सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले भूकम्प पीडितको सहयोगका लागि भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा १० सदस्यीय अनुगमन कमिटी पनि गठन गरेको छ । कमिटीले घटनास्थलको अनुगमन गरी उद्धार र राहतमा समेत सहयोग गर्ने खतिवडाले बताए ।

त्यस्तै, बैठकले हालै पार्टीले सम्पन्न गरेको मेची–महाकाली जागरण अभियान छोटो समयमा प्रभावकारी ढंगले भव्यताका साथ सम्पन्न भएको ठहर गरेको छ । असोज १४ देखि २८ सम्म चलेको अभियानमा १२ सय किलोमिटरको यात्रा तय गरी ठूला साना ५५ बढी सभा सम्पन्न गरेको थियो ।

नेपालको संविधानले नेपाललाई समाजवादउन्मूख व्यवस्था भने पनि समाजवादको जागरण गर्ने एकीकृत समाजवादी मुलुककै पहिलो पार्टी बनेको बैठकले निष्कर्ष निकालेको छ । बैठकले अभियानको समीक्षा गर्दै अभियानकै क्रममा अन्य पार्टी परित्याग गरी १० हजार बढी कार्यकर्ता पार्टी प्रवेश गरेको, ३ लाख जनतासँग प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्याहरूको विषयमा छलफल गरेको र पार्टीको विचार र दृष्टिकोण जनताबीच पुर्याएको र पार्टी पंक्तिलाई उत्साही बनाएको बैठकको निष्कर्ष छ ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार हुन लागेको १५ सदस्यीय टोलीको भ्रमणको सफलताको कामना गरेको छ । कात्तिक २१ देखि हुन लागेको भ्रमण दुई पार्टीबीच सम्बन्ध सुधार गर्न फलदायी हुने बैठकले विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com