२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नक्कली कागजात बनाउने चार जना पक्राउ

काठमाडौं – भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका-८ घर भई काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाडौं  महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीय दिपक केसी र सल्यान कालीमाटी रामपुर गाउँपालिका-३ घर भई काठमाडौं नागार्जुन बस्ने ४२ वर्षीय बल बहादुर रावत रहेका छन् ।

भिजिट भिषामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाएको थियो । अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टि हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकहरूको स्टेटमेण्ट तथा चेक, एचएसईबी  लेखिएको होलो ग्राम, सीटीईभीटीको स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजि कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेन्ड्राईभ २ थान बरामद भएको छ ।

उनीहरूलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com