२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिश्रसँगै भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी  र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्‍यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७१/७२मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्‍न लिखतबाट उठेको राजश्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

मालपोत कार्यालय पर्साको ‘ग’ फाँटबाट उठेको राजश्व रकम दाखिला नगरी हिनामिना गरेको भन्‍दै पर्साको तत्कालिन मालपोत अधिकृत हरिनारायण मिश्रसँग २ करोड ९ लाख ३१ हजार ६४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन मालपोत अधिकृत भूपबहादुर बोगटीसँग १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ,  गोपालबहादुर ढुंगानासँग ३५ लाख ४५ हजार ९५० रुपैयाँ,  पदमप्रसाद अर्यालसँग १६ लाख ८१ हजार ६०० रुपैयाँ, चन्द्रबहादुर भण्डरीसँग २ लाख ४४ हजार ४६२ रुपैयाँ  बिगो माग दाबी गरिएको छ ।

त्यसैगरी मालपोत कार्यालय पर्साका तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीसँग अख्तियारले १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ विगो माग दाबी गरेको छ भने तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्यायसँग ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ विगो माग दाबी गरेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com