२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

हिँडिरहेको व्यक्तिमाथि खुकुरी प्रहार गर्ने तीनजना पक्राउ

दाङ- दाङमा हिँडिरहेका एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दाङको घोराहीबाट तीन जनालाई पक्राउ गरेको हो ।

खुकुरी प्रहार गरी फरार भएका तीनै जनालाई घोराही उपमहानगरपालिका-९ तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९ का २४ वर्षीय शैलेश शाह, घोराही-१५ का २५ वर्षीय मिस्चल बुढामगर र घोराही-१५ कै २५ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरूले घोराही उपमहानगरपालिका-१५ गोरखा हस्पिटल रोड नजिकै हिँडिरहेको अवस्थामा घोराही-१५ का २१ वर्षीय कृतिक बुढामगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भए पनि त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौँको मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com