२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गुजरात टाइटन्स छाडेर मुम्बई इण्डियन्समा फर्किँदै हार्दिक, कति पाउँछन् पारिश्रमिक ?

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले खेलाडीको ट्रेडिङ भइरहेको छ । यसैबीच भारतका अल राउण्डर हार्दिक पाण्डेयबारे अपडेट आएको छ ।

क्रिकइन्फोका अनुसार हार्दिकले गुजरात टाइटन्स छोड्ने भएका छन् । हार्दिकलाई मुम्बई इण्डियन्सले किन्ने निश्चित भएको मिडिया रिपोर्टमा दीबि गरिएको छ । दुई सिजन गुजरातको कप्तानी गर्दै खेलेका हार्दिकलाई मुम्बईले फिता ल्याउने तयारी गरेको हो । यसका लागि मुम्बईले गुजरातलाई नगद शुल्क तिर्ने सहमति भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार हार्दिकलाई मुम्बईले प्रति सिजन १५ करोड भारु पारिश्रमिक दिने सहमति भएको छ ।

आइपिएलको खेलाडी रिटेन्सनको समय नोभेम्बर २६ अपराहन्न ४ बजेसम्म रहेकाले मुम्बईले हार्दिकलाई भित्र्याउन केहि खेलाडीलाई रिलिज गर्ने बताइएको छ । जसमा ईङल्याण्डका बलर जोफ्रा आर्चरको नाम अगाडि रहेको छ ।

हार्दिकले २०२२ मा गुजरातको डेभ्यु सिजनको कप्तानी गर्दै उपाधि जिताएका थिए भने २०२३ मा उपविजेता बनेका थिए ।

रोहित शर्मा अब विस्तारै टी-२० क्रिकेटबाट टाढिने भएपछि मुम्बईले हार्दिकलाई नियमित कप्तान बनाउन भित्र्याउन लागेको बुझिएको छ । हाल भारतको राष्ट्रिय टिममा टी-२० कप्तानसमेत रहेका हार्दिकले अब मुम्बईमा रोहितको स्थान लिनसक्ने अनुमान गरिएको छ ।

हार्दिकको क्रिकेटमा उदय हुनुमा मुम्बई इण्डियन्सकै भूमिका रहेको छ । हार्दिकलाई २०१५ मा मुम्बईले १० लाख भारुमा भित्र्याएको थियो, त्यति बेला उनी राष्ट्रिय टिममा समेत पुगिसकेका थिएनन् । हार्दिक मुम्बईले १०१५, २०१७ र २०१९ मा उपाधि जित्दाका प्रमुख खेलाडीसमेत थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com