२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताए । उनले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘अफ्ठ्याराहरु त देशमा धेरैखाले छन् । त्यो अफ्ठ्याराहरुलाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ । राजनीतिमा त अफ्ठ्यारा आउँछन् । एकमद स्मोथ, सहज बाटो त हुँदैन । अफ्ठ्यारा त आइरहन्छन् । त्यसलाई फेरि सल्ट्याउँदै अघि बढ्ने हो । नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता कानूनी शासनमा विश्वास गर्दछ । त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रुपमा प्रत्याभुति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध छ । विभिन्न बहानामा यो धेरै ठूलो मेहनतले आएको स्थापित सिस्टम हो । यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर गर्ने कोशिस विभिन्न कोणबाट, गुटमा प्रकट भएकै छन् । तर जनताबाट स्थापित यो सिस्टम यो यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । जसले जानिजानि बेठाउँमा लगानी गर्ने,दुरुपयोग गर्ने र तिर्दिन भन्नेलाई छुट दिन सकिँदैन तर गर्दा कोशिस गर्दै पनि समस्यामा परेका छन् भने त्यसलाई राज्यले हेर्नुपर्छ ।’

अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com